सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणमा जाँदै

२०८१ जेठ १७, ०७:११ खबर संवाददाता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल जेठ अन्तिम साता स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमणमा जाने भएका छन्।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। राष्ट्रपति पौडेले जेठ ३१ गते स्वीट्जरल्यान्ड भ्रमणमा जाँदै छन्। स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशन हुँदै छ।

अधिवेशनमा सहभागी हुन राष्ट्रपति स्वीट्जरल्यान्ड जानेछन्। त्यसपछि राष्ट्रपति पौडेल जर्मनीको भ्रमणमा जाने मन्त्री शर्माले बताइन्। जर्मनीको भ्रमण पनि स्वीकृत गरिएको उनले बताइन्।
 

कमेन्ट लोड गर्नुस