सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्याप्त प्रमाण नभएको भन्द पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई सफाइ

२०८१ जेठ १७, ०६:३२ खबर संवाददाता

एजेन्सीः जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानको एक अदालतले गत वर्ष मे ९ मा भएको हिंसासँग सम्बन्धित दुई मुद्दामा पर्याप्त प्रमाण नभएको भन्दै सफाइ दिएको छ।

खानलाई गत वर्ष भ्रष्टाचार घोटालामा पक्राउ गरेपछि उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले एक विरोध प्रदर्शनका क्रममा संवेदनशील सैन्य प्रतिष्ठानलगायत सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएका थिए। सो हिंसाकै कारण पार्टीका नेता पक्राउमा परेका  थिए।

पीटीआईका संस्थापक इमरान खानविरुद्ध शहजाद टाउन पुलिस स्टेसनमा दर्ता भएको दुई मुद्दाहरूलाई चुनौती दिने याचिका इस्लामावाद जिल्ला र सत्र अदालतका न्यायिक मजिस्ट्रेट उमर शब्बीरले मन्जुरी दिएको थियो। तर ७१ वर्षीय खानका सम्बन्धमा अभियोजन पक्षले पेश गरेका प्रमाण पर्याप्त नभएको उनलाई दोषी ठहर्‍याउन नसकिने अदालतको भनाई थियो। तर उनलाई रीहा भने गरेको छैन्।

कमेन्ट लोड गर्नुस