सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली खेलाडीको टी–२० वरीयता खस्कियो

२०८१ जेठ १६, ०६:४५ खबर संवाददाता

काठमाण्डौँः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आईसीसी टी–२० क्रिकेट विश्व वरीयताको बलिङतर्फ चार स्थान तल झरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको वरीयतामा उनी चार स्थान तल झर्दै ९९ स्थानमा पुगेका छन्। सोमपाल यसअघि टी–२० वरीयताको बलिङतर्फ ९५ औँ स्थानमा थिए। टी–२० बलिङ वरीयतामा इङ्ग्ल्यान्डका अदिल रशिद पहिलो र श्रीलङ्काका वानिन्दु हसरङ्गा दोस्रो स्थानमा यथावत् छन्।

यस्तै टी–२० क्रिकेटको ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ५० औँ र नेपालका कप्तान रोहितकुमार पौडेल ६१ औँ स्थानमा यथावत् छन्। यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८९ स्थानमा पुगेका छन्। टी–२० ब्याटिङ वरीयतामा भारतका सूर्यकुमार यादव पहिलो, इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र पाकिस्तानका मोहम्मद रिजवान तेस्रो स्थानमा यथावत् छन्।

यसैगरी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी १० औँ, कुशल मल्ल ३४ औँ स्थानमा यथावत् छन्। यस्तै गुल्सन झा दुई स्थान तल झर्दै ६४ औँ, रोहित पौडेल दुई स्थान तल झर्दै ६९ औँ र करण केसी पाँच स्थान तल झर्दै ८१ औँ स्थानमा पुगेका छन्।
 

कमेन्ट लोड गर्नुस