सुदूर नेपाललाई विश्वसँग जोड्दै

नहरमा डुबेर बाजुरामा ६ वर्षीया बालिकाको मृत्यु

२०८१ जेठ १२, ०९:३६ खबर संवाददाता

बाजुराः बाजुरामा नहरमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्लाको गौमुल गाउँपालिका–६ स्थित गौरीबाडाका गणेश विककी ६ वर्षीया छोरी भग विकको मृत्यु भएको हो। शनिवार दिउँसो २ बजे सोही वडाको सिमधार लद्यु जलविद्युतको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीय शेरबहादुर चदाँराले बताए।

मृतक विकलाई घट्मुना आधारभूत अस्पतालले थप उपचारकालागि बाहिर रफेर गरेको थियो। तर बालिकाको बाटोमै मृत्यु भएपछि दाहा सँस्कार गरिसकेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस