सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेत्रज्योति संघ कैलालीको २६ औं जिल्ला सभा सम्पन्न 

२०८१ जेठ १२, ०५:४७ खबर संवाददाता

धनगढीः नेपाल नेत्रज्योति संघ कैलालीको २६ औं जिल्ला सभा सम्पन्न भएको छ। शनिवार धनगढीमा जिल्ला सभा सम्पन्न भएको हो।

२०५० साल जेठ ७ गते नेत्रज्योति संघको कैलाली शाखा स्थापना भएको हो। जिल्ला सभामा आर्थिक वर्ष २०८०÷०८१ मा सम्पन्न काम तथा आगामी आर्थिक वर्षमा गरिने कामको विवरण सार्वजनिक गरिएको छ।

नेपाल नेत्रज्योति संघ कैलाली शाखाबाट  जिल्लाको विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको, विद्यालयमा आँखा जाँच शिविर राखेको, कर्णाली प्रदेशका भूकम्प पीडितका लागि २ लाख २३ हजार ८६० सहयोग गरेको विवरण सार्वजनिक गरिएको छ।

नेपाल नेत्रज्योति संघका हाल देशभर ४३ वटा जिल्ला शाखा, २८ आँखा अस्पताल र १५६ आँखा उपचार केन्द्र रहेका छन्। नेपाल नेत्रज्योति संघ कैलाली शाखाका अध्यक्ष लोकराज जोशीको अध्यक्षतामा सम्पन्न जिल्ला सभामा नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष डाक्टर चेतराज पन्तसहित संघका सदस्य र सरोकारवालाको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस