कञ्चनपुरका ३३ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने
कञ्चनपुरः कञ्चनपुरका ३३ हजार ९४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने भएको छ।
पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ गतेदेखि २६ गतेसम्म पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो। खोप अभियानका लागि जिल्लामा १५३ स्वास्थ्यकर्मी र ७१० महिला स्वास्थ्य स्वयंसेविका गरी ८६३ जना परिचालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
यो खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो। जसअन्तरगत शुक्लाफाँटा नगरपालिकाका ३ हजार ५८०, भीमदत्त नगरपालिकाका ८ हजार ५६२, बेल्डाँडी गाउँपालिका १ हजार १७४, बेलौरी नगरपालिकाका २ हजार ७९३, लालझाडी गाँउपालिकाका १ हजार ३८१ बालबालिकालाई खोप लगाइने छ।
यस्तै पुनर्वास नगरपालिकाका ४ हजार ३११, बेदकोट नगरपालिकाका ३ हजार २३२, कृष्णपुर नगरपालिकाका ५ हजार ६६७ र दोधाराचाँदनी नगरपालिकाका ३ हजार २४२ बालबालिकालाई खोप लगाइने छ।