सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताः क्वालिफायर्सको उपाधि सैपाल युवा क्लबलाई

२०८१ जेठ १२, ०५:१३ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको क्वालिफायर्सको उपाधि सैपाल युवा क्लब गोदावरीले हात पारेको छ।

पेनाल्टी शुटआउटमा भजनी युवा क्लबलाई हराएर उपाधि जितेको हो। दुबै टिमले१–१ गोल बनापछि अन्तिममा पेनाल्टी शुटआउट भएको थियो। पेनाल्टी शुटआउटमा सैपाल युवा क्लब गोदावरीले ५ गोल हान्न सफल भयो भने भजनी युवा क्लब भजनीले ३ गोल मात्र हान्न सक्यो। क्वालिफायर्सको उपाधि जिते सँग सैपाल युवा क्लब गोदावरी ‘वि’ डिभिजनमा उक्लेको छ।

न्यु सुन्दर शक्ति युवा क्लब कैलारीलाई हराएर भजनी युवा क्लब फाइनमा प्रवेश गरेको हो भने टेक बहादुर चोखाल प्रतिष्ठान धनगढीलाई हराएर सैपाल युवा क्लब फाइनमा पुगेको हो। क्वालिफायर्सको उपाधिको लागी आज बिहान भजनी युवा क्लब र सैपाल युवा क्लब बिच खेल भएको थियो। उक्त खेलको म्यान अफ द म्याच भने सैपाल युवा क्लब गोदावरीका गोल रक्षक दिनेश नेपाली घोषित भएका थिए। 

कमेन्ट लोड गर्नुस