सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

२०८१ जेठ १२, ०७:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित शुक्लाफाँटा नगरपालिका–९ का शैलेन्द्रबहादुर सिंहलाई ४ दशमलव ५५ ग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय ब्रह्रमदेवबाट खटिएको प्रहरी टोलीले भीमत्तद नगरपालिका–९ मटेनाबाट बेदकोट नगरपालिका–८ गैलनदीका प्रकाश टेरलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ। उनी ४ दशमलव शून्य ७ ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।

कमेन्ट लोड गर्नुस