सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एसपीए कलेजले ४० जना विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने

२०८१ जेठ ११, ११:२३ खबर संवाददाता

धनगढीः कैलालीस्थित धनगढीको एसपीए कलेजले ४० जना विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने भएको छ। सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)ले राष्ट्रिय तथा प्रदेश स्तरीय विशेष छात्रवृत्ति २०८१÷०८२ घोषणा गरेको हो।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक जिल्लाका २ जना र अन्य दुई जनाले पूर्ण विशेष छात्रवृत्ति पाउने कलेजले बताएको छ। छात्रवृत्ति छनोट समिति संयोजक उशा शाहुले अनलाई तथा कलेजमा उपस्थित भएर फारम भर्न सकिने बताइन्। उनले एसइइ दिएका विद्यार्थी, एथलेटिक्स, क्रिकेट, फुटबल, उसु, तेक्वान्दो, भलिबललगायत खेलमा कम्तीमा प्रदेशस्तरीय प्रतिस्पर्धी, सामाजिक जीवनमा महत्त्वपूर्ण योगदान दिएका, आर्थिक रूपमा विपन्न र जेहेनदार, विद्यालय तहमा साइन्स एक्स्पो, इनोभेसन, अन्वेषण जस्ता गणित, विज्ञान प्रविधिमा भाग लिएको वा खोज गरेको, गीत, सङ्गीत, कलाका क्षेत्रमा अग्रसर तथा पठनपाठनमा अब्बल, नेतृत्वकला, वक्तृत्वकला, उद्यमशीलतामा उत्कृष्टता भएका जुनसुकै एवं एसईईको नतिजा प्रकाशित नभएको अवस्थामा पनि विद्यार्थीहरू ले पनि छात्रवृत्तिका लागि फारम भर्न सक्नेछन्।

क्याम्पस प्रमुख योगराज उपाध्यायले जेठ ३० गते बेलुका ५ बजेसम्म छात्रवृत्तिका लागि फाराम भर्न सकिने बताए। जेठ ३२ गते बिहान ८ बजेदेखि अन्तर्वार्ता सुरु हुने छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू पाइसकेको एसपीए कलेजमा कक्षा ११ मा साइन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, मानविकी, शिक्षा, कानुन र आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीहरूले उक्त छात्रवृत्ति फाराम भर्न सक्नेछन्। यो छात्रवृत्ति कलेजमा प्रदान गरिने नियमित छात्रवृत्ति भन्दा छुट्‍टै हुने कलेजले जनाएको छ।

कमेन्ट लोड गर्नुस