सुदूर नेपाललाई विश्वसँग जोड्दै

ताइवानमाथी चिनको सैन्य घेरा

२०८१ जेठ १०, ०६:०० खबर संवाददाता

एजेन्सीः चीनले बिहीवार (आज) देखि ताइवानलाई चारैतिरबाट घेरेर दुई दिने अभ्यास सुरु गरेको छ। चीनले ताइवानविरुद्ध यति ठूलो युद्धअभ्यास गरेको यो पहिलो पटक हो।

तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको सपथ ग्रहण गरेसँगै चिनले सैन्य अभ्यास सुुरु गरेको हो। यसअघि ताइवानमाथि आर्थिक नाकाबन्दी मात्रै लगाउँदै आएको थियो। वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार चिङ टेलाई पृथकतावादी भनेको थियो।

तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता चिङ टे विजयी भएका थिए।  चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न छन्। चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले यो अभ्यास सुरु गरेको हो।

चीनले यस अभ्यासलाई ‘ज्वाइन्ट सोर्ड (२०२४) ए’ नाम दिएको छ। यसका अलावा ताइवान, किनमेन, मात्सु, वुकिउ र डोंग्यिन टापुहरूमा पनि अभ्यास भइरहेको छ। ताइवानका नवनियुक्त राष्ट्रपति लाइ चिङ–टेले चीनलाई सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन्।
 

कमेन्ट लोड गर्नुस