सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पुजार सार्की’ फिल्म प्रदर्शन अगावै दर्शकलाई देखाइयो

२०८१ जेठ ९, ०५:०४ खबर संवाददाता

काठमाडौँः फिल्म ‘पुजार सार्की’ सम्भवतः नेपाली चलचित्रको इतिहासमानै पहिलो पटक रिलिज अगावै दर्शकलाई देखाइएको चलचित्र हो।

दिनेश राउत निर्र्दशित फिल्म ‘पुजार सार्की’ भोलिबाट देशभर पदर्शन हँुदै छ। काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ चलचित्र देखाइएको निर्देशक राउतले बताए। मङ्गलवार साँझ काठमाडौंस्थित सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शोमा सय बढी दर्शकको उपस्थिति थियो। त्यहाँ ‘पुजार सार्की’का कलाकारहरूले दर्शकसँगै फिल्म हेरे।

दर्शक छनोट गर्दा नेपाली चलचित्रलाई एकदमै प्रेम गर्ने दर्शकको दृष्टिकोण राखिएको थियो। यसरी रिलिज अगावै चलचित्र देखाइनुको उद्देश्य चलचित्रप्रति वास्तविक दर्शकको दृष्टिकोणबारे बुझ्नु, आफ्नो चलचित्रबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु, चलचित्र हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु रहेको निर्देशक राउतले बताए।

यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह पहिलोपटक एकसाथ देखिएका छन्। 
 

कमेन्ट लोड गर्नुस