सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउछ : प्रचण्ड

२०७६ जेठ १४, ०६:१५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताएका छन्। नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्रा्ष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए।

युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकूदले सहयोग पुग्ने भन्दै सो अवसरमा  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको र सरकार खेल र खेलाडीलाई प्रोत्साहन गर्न लागिरहेको बताए।

उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए।
 

कमेन्ट लोड गर्नुस