सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधारसम्बन्धी समझदारी

। फोटो स्रोत ।
२०७६ जेठ १४, ०५:५२

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।  मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग  सहमति पत्रमा हस्ताक्षर गरेको जानकारी गराए।

एक विज्ञप्ती जारी गर्दै जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुनले अष्ट्रिया भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय उद्योग विकास संगठनका उपाध्यक्ष ली योङसँग पनि भेटवार्ता गरी जलविद्युत र नविकरणीय उर्जाको विकास, प्रवर्द्धन एवम् उर्जा दक्षताका विषयमा थप सहकार्य गर्नुपर्नेमा जोड दिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस