सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ज्यानमारा बन्यो लागुऔषध, धनगढीको बसपार्क घटनामा पनि ओभर डोजले मृत्यु

२०७६ जेठ १४, ०३:३० नवराज पनेरु

सोमवार दिउसो धनगढी उप–महानगरपालिकाको वडा नम्वर ४ वसपार्क स्थीत श्रीपाल होटलको कोठा नम्वर ५ मा धनगढी तारानगरका आदर्श भट्टको शव फेला प¥यो। भट्ट लागु औषध सेवनकर्ता धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीका यसपाल मल्ल र प्रकाश चौधरीसंगै होटलमा २ दिनदेखि बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्टको मृत्यु पनि लागुऔषध सेवन गरेरै भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले होटलको उक्त कोठामा लागु औषध सेवन गरेको पर्याप्त प्रमाण भेटिएका बताए। शरिरभरी कुनै निलडाम समेत नभेटिएकाले ओभर डोजका कारण मृत्यु भएको हुन सक्ने उनले बताए। लागु औषध सेवनले निम्त्याएको पछिल्ला ७ महिनामा यो दोश्रो घटाना हो। गत मंसिर १ गते धनगढीका विजय थापाको हत्या भएको थियो। हत्याको आरोपमा पक्राउ परेका आशिष सेठीलाई प्रहरीले सार्वजनीक गरिसकेको छ। सेठीले लागुऔषध सेवनका क्रममा एक आपसमा विवाद भएपछि सिढीँमा टाउको ठोकेर थापाको हत्या गरेको बयान दिएको तत्कालिन जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक हरीबहादुर ओलीले बताएका थिए। 

एक आपसमा मिल्ने साथीसमेत रहेका सेठी र थापा आपसी सल्लाहमै घटना भएको दिन भारतबाट खरिद गरेर ल्याएको लागु औषध हिरोईन सेवन गर्न प्रदेश प्रमुख कार्यालय नजिकै रहेको एक घरमा पुगेका थिए। तीन पटकसम्म लागु औषध हिरोईन सेवन गरेपछि चौथो पटक सेवन गर्दा थापा सिडीबाट उठेर बाहिर जाने बेला आपसमा हात हालाहाल हुँदा सेठीले थापाको टाउको सिडीमा ठोकेका थिए। थापाको टाउको सिडीमा ठोक्दा घाईते भएर लडेपछि लुकाउनलाई घिसारेर लैजादै गरेको कुरा समेत सेठीले बयानमा स्वीकार गरेको  प्रहरीले जनाएको थियो। दुवै जना भारतबाट लागु औषध हिरोईन खरिद गरेर सँगै खाने गरेको पनि खुलिसकेको छ। 

यसअघि पनि कैलालीमा लागु औषध सेवनका कारण यस्तै घटना भईसकेका छन्। २०७३ सालको माघमा कैलालीकी १८ वर्षकी सलोनी श्रेष्ठको ब्राउन सुगर सेवनबाट मृत्यु भएको थियो। माघ १५ गते उनीसहित चार जना साथीहरुको समूह कैलालीको खानीडाँडामा बास बसेका थिए। त्यहाँ सलोनी सहित चारैजनाले ब्राउन सुगर सेबन गरेका थिए। ‘ओभर डोज’का कारण श्रेष्ठले रातिदेखि नै उल्टी गर्न थालेको र उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। सँगै गएकाहरु समेत नशामा रहेका कारण सलोनीलाई उपचारका लागि ल्याउन ढीला भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

लागु औसध नियन्त्रणमा प्रहरीको ध्यान जान सकेन
पछिल्ला केहि समय यता लागु औषध नियन्त्रणमा प्रहरीको ध्यान जान नसक्दा यस्ता घटनाहरु बढ्दै गएको पनि आरोप लाग्दै आएको छ। प्रहरी ध्यान अन्य क्षेत्रमा बढेपनि लागु औसध नियन्त्रणमा ध्यान नदिा यस्ता घटना बढ्दै भएका हुन्। जिल्लामा कुलतमा फसेका युवाहरुको गिरोह नै अपराधिक गतिविधिमा सक्रिय हुन थालेको छ। लागु औसधको कारोवारमा प्रहरीको आखा नपर्दा दुव्र्यसनीको सङख्या बढ्दै गएपछि असुरक्षा पनि बढ्दै गएको छ। कुलतमा फसेर अपराधिक गतिविधिमा सक्रियहरुलाई राजनीतिक संरक्षण हुन थालेपछि त समाजमा दण्डहिनता मौलाउँदै गएको छ। लागु औषध दुव्र्यसनीलाई कारवाहीको दायरामा ल्याउन मात्रै होईन खुलेयाम लागु औषधको कारोवार र भारतबाट आयात भईरहेपनि नियन्त्रणमा प्रहरीको उपस्थीती देखिएको छैन्। लागु पदार्थ पुनःस्थापना केन्द्र बोराडाँडीका कार्यक्रम संयोजक रामबहादुर रजकका अनुसार दुव्र्यसनीको सन्जालले अपराधिक गतिविधि बढ्दै गएका छन्। 

प्रहरीको तथ्याङकमा प्रदेशको राजधानी कैलालीमा लागु औषध दुव्र्यसनी गर्नेहरुको संख्या वर्षेनी बढ्दै गएका छ। आर्थिक वर्ष २०७२/०७३ मा कैलाली प्रहरीले लागु औषध प्रयोग र ओसार पसारमा संलग्न रहेका ३३ जनालाई पक्राउ गरेको थियो भने आर्थिक बर्ष २०७३÷७४ मा ५८ र चालु वर्षको हालसम्म ८० भन्दा बढिलाई नियन्त्रण लिएको छ। तर पक्राउ परेका अधिकासं दुव्र्यसनीहरु अदालत पुग्दै राजनीतिक संरक्षणमा छुट्ने गरेका छन्। लागु औषधको कारोवार गर्नेहरुलाई भने प्रहरीले चलाउन सकेको छैन्। कैलाली जिल्लामा वडा प्रहरी कार्यालय धनगढीमा तत्कालीन प्रमुख मनोहर भट्ट र जिल्ला प्रहरीमा तत्कालीन प्रहरी प्रमुख मोहनराज जोशीको टिम लागु औषध नियनत्रणमा लागेपनि त्यसपछिका प्रहरी प्रमुखहरुले लागु औसध नियन्त्रण अभियानालाई निरन्तरता दिएको देखिन्न। कैलाली प्रहरीले अहिले मादक पदार्थ सेवनकर्ताहरुलाई कारवाहीको दायरामा ल्याएपनि लागु औषध सेवनकर्ता र विक्रीकर्ताहरुलाई भने कारवाहीको दायरामा ल्याउन सकिएको छैन्। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस