चामल पाएपछि दुर्गमका बासिन्दाको अनुहारमा खुसी
धनगढीः चामल किन्न पाएपछि दुर्गम भेगका बासिन्दाको अनुहारमा खुसी छाएको छ।
बाजुरा जिल्लाको दुर्गम भेगका स्थानीयले वर्षातको जोहो गर्न चामल पाएपछि खुसी भएका हुन्। जिल्लाको स्वामिकार्कित गाउँपालिकाको अति विकट गाउँ मुक्तिकोट विक्री केन्द्रबाट सोमबारदेखि चामल विक्री गर्न थालिएको हो।
सो गाउँपालिकाको वडा नम्बर १ र २ (साविक साप्पाटा) का स्थानीयलाई नेपाल खाद्य तथा व्यापार कम्पनीले ६६ रुपैयाँ प्रतिकिलोका दरले मोटा चामल बिक्रीवितरण सुरु गरेको छ।


