तीन महिनापछि प्रदेश प्रमुख मल्ल सुदूरपश्चिम आउँदै

२०७६ जेठ १४, ०३:१६
स्वास्थ्यमा समस्या देखिएपछि लामो समय सम्म विभिन्न अस्पतालमा उपचार गराएपछि सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल आज प्रदेशको अस्थायी राजधानी धनगढी आउँदैछन्। झण्डै २ महिना सम्मको उपचार र त्यसपछि एक महिने काठमाडौँ बसाईपछि प्रदेश प्रमुख मल्ल धनगढी फर्किरहेका प्रदेश प्रमुखका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि फागुन ४ गते धनगढीको निर्सग अस्पताल भर्ना भएका मल्ललाई दोश्रो दिन काठमाडौँ लगिएको थियो। मल्लको त्यसपछि दिल्लीको मेदान्त अस्पतालमा उपचार भएको थियो।





कमेन्ट लोड गर्नुस