सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला

२०८१ जेठ ७, ०७:४१ खबर संवाददाता

बैतडीः डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्।

बैतडीको पाटन नगरपालिका-६ रोडाखोला स्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतवार मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्क विहीन रहेका थिए।

उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय पाटनबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस