सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट प्रहरीले गर्‍यो चार लाख बराबरको सामान बरामद

२०८१ जेठ ६, ०५:३९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले चार लाख मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ९० हजार ९५०, इलाका प्रहरी कार्यालय ब्रम्हदेवले १८ हजार मुल्य बराबरको भन्सार  छलिको सामान बरामद गरेको जनाएको छ।

यस्तै प्रहरी चौकी झिलमिलाले अन्दाजी  ५ हजार ७२०, प्रहरी  चौकी परासनले २५ हजार ५ सय र प्रहरी चौकी टेडुवाले ३२ हजार ८७० गरी अन्दाजी ३ लाख ७३ हजार ४० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।

बरामद गरेको सामानमा एक थान मोटरसाइकल, पानछाप सुर्ती, प्लाष्टिक, दाल, मिठाई, मिश्री, चिनी, गाडीको वासर, हेण्ड बक्स, प्याज, नमकिन,  लेडिज कुर्ता, चामललगाएतका सामान रहेका छन्। बरामद गरेको सामान कारवाहीका लागि भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।

कमेन्ट लोड गर्नुस