सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको वन मन्त्रालयद्वारा करोडौ सक्न निकटका संघसंस्थासंग गुपचुपमा सम्झौता

२०७६ जेठ १४, ०७:१३ जनक विष्ट

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अध्ययन अनुसन्धानका नाममा करोडौँ बजेट खर्च गरिरहेको छ। मन्त्रालयले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणतर्फ विभिन्न किसिमका योजनामा अध्ययन, अनुसन्धान र गुरुयोजना बनाउने नाममा करोडौँ बजेट खर्च गरिरहेको हो। आर्थिक वर्ष सकिने बेला बजेट खर्च गर्ने चटारोले छोएको सुदूपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अध्ययन, अनुसन्धान शिर्षकमा करोडौँ बजेट खर्च गरिरहेको हो। मन्त्रालयले पर्यटन, वन उद्योग, वातावरण विज्ञान प्रविधि लगायतका क्षेत्रमा विभिन्न किसिमका अध्ययन तथा अनुसन्धानका योजना छनौट गरी करोडौँ खर्च गरिरहेको हो।

वन क्षेत्रका विभिन्न योजनामा अध्ययन, अनुसन्धान गर्ने भन्दै १० करोड ३५ लाख विनियोजन गरेको मन्त्रालयले निकटका व्यक्ति र संघसंस्थासंग गुपचुपमा सम्झौता गरी बजेट खर्च गरिरहेको छ। स्रोतका अनुसार मन्त्रालयले उच्च मूल्यका जटिबुटीको अध्ययन, अनुसन्धान, प्रशोधन र निर्यात गर्न पिपीपी मोडलमा उद्योग स्थापना गर्न, खोटो संकलन सम्बन्धी अध्ययन, घासे मैदान व्यवस्थापन अध्ययन, वन वातावरण सम्बन्धी अध्ययन, जडिबुटीको बजारिकरण, मूल्य शृङखलाको अध्ययनका लागि एउटै संस्थासंग १० करोड ३५ लाखमा सम्झौता गरिएको छ। तर उक्त संस्थाले सम्बन्धीत क्षेत्रमा नपुगेरै प्रतिवेदन तयार गरेर मन्त्रालयमा पेश गरेको दावी गरिएको छ।

वन क्षेत्रको जस्तै गरी उद्योगतर्फ खनिजजन्य पदार्थको अन्वेषण सम्भाव्यता अध्ययन, ठुलो उद्योग स्थापनाको लागि अध्ययन तथा विस्तृत योजना तयारका लागि विनीयोजन गरिएको डेढ करोड बढि बजेट, पर्यटनतर्फ होमेष्टे पहिचान, कञ्चनपुरमा भ्यु टावर निर्माण, पर्यटन प्रोफाईल निर्माणमा डेढ लाख बढि तथा मन्दिर निर्माणमा १६ करोड बजेट समेत निकटका व्यक्ति र संघसंस्था मार्फत कार्यान्वयन भइरहेका छन्। यसैगरी मन्त्रालयले विज्ञान प्रविधी, वातावरण तथा जलवायु, उद्योग वाणिज्यतर्फ समेत सम्भाव्यता अध्ययन शिर्षकमै करोडौँ बजेट सिध्याउने चलखेल भइरहेको छ।

मन्त्रालयले आर्थिक वर्ष सकिने बेला समेत निकटका व्यक्ति तथा संघसंस्थासंग सम्झौता गरी बजेट कुम्ल्याउने चलखेलन गरेको स्रोतको दावी रहेको छ। तर यी आरोपहरुको विषयमा मन्त्रालयले भने प्रतिक्रिया समेत दिन मानेको छैन्। प्रतिक्रिया माग्न मन्त्रालयमै पुग्दा सचिव मेघनाथ काफ्लेले समय उपलब्ध गराउन नसकिने दावी गरे भने त्यसपछि पटक पटक सम्पर्क गर्दा समेत काफ्लेले प्रतिक्रिया नै दिएनन्। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस