कञ्चनपुरबाट दुई लाख बढीको तस्करीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले दुई लाख बढीको तस्करीको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका विभिन्न प्रहरी चौकीले भन्सार छलिको सामान बरामद गरेको हो।
त्रिभुवनबस्तिले ३९ हजार ८ सय, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ३० हजार ४९०, प्रहरी चौकी परासनले १३ हजार ३९० मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ। यस्तै प्रहरी चौकी खड्डाकंकडले ७ हजार दुई सय,गड्डाचौकी प्रहरीले ७३ हजार ७९० र बेलौरीले ६५ हजार चार सय मुल्य बराबरको सामान बरामद गरेको छ।
बरामद गरेको अन्दाजी २ लाख ३० हजार मुल्य बराबरका चप्पल, कपडा, किरानाका सामान, घाँसको बिउ , पोलथिन लगाएतका सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।