सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टेलिकमले ल्यायो ‘विशेष अफर’

। फोटो स्रोत ।
२०७६ जेठ १३, ०५:०९ खबर संवाददाता

नेपाल टेलिकमले ग्राहकहरुका लागि आफ्ना सेवाहरुमा विशेष छुटको अफर ल्याएको छ। गणतन्त्र दिवस २०७६ को अवसरमा ग्राहकहरुलाई आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ। 

मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’  उपलब्ध गराउने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार सो अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । यो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ। 

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गर पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ। यो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ। 

छुट प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ मा डायल गर्नु पर्नेछ। कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाइएको छ।  
 

कमेन्ट लोड गर्नुस