सुदूर नेपाललाई विश्वसँग जोड्दै

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

२०८१ जेठ ३, ०६:१५ खबर संवाददाता

संखुवासभाः मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ। सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा आठ हजार तीन सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए।

उनको उद्धार गरी ल्याउने क्रममा बोटोमै बुधबार मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। उनीसँगै गएका अन्य फ्रान्सेली नागरिक भने सकुशल रहेका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ। 

कमेन्ट लोड गर्नुस