सुदूर नेपाललाई विश्वसँग जोड्दै

फ्रान्सेली तीन जना नागरिकलाई मृत्युदण्ड

। फोटो स्रोत ।
२०७६ जेठ १३, ०३:०४ खबर संवाददाता

इस्लामिक आतंकवादी समूहमा आबद्ध भएको आरोपमा तीन जना फ्रान्सेली नागरिकलाई इराकको एक अदालतले मृत्युदण्ड दिने सजाय सुनाएको छ। ती व्यक्ति गत फेब्रुअरीमा सिरियामा तैनाथ अमेरिकी सेनाले कब्जामा लिएर इराक पठाएको थियो।

तीमध्ये ३२ वर्षीय गोनोट टर्की हुँदै सिरिया पुगेर आतंकवादी समूह नुर्सा फ्रन्टमा आवद्ध भएको खुलासा भएको छ। पूर्वी फ्रान्समा बसोबास गर्दै आएको उनी सन् २०१७ मा पक्राउ परेका थिए। उनलाई फ्रान्सको अदालतले पनि ९ बर्षको जेल सजाय तोकेको थियो।

यस्तै ४१ बर्षिय माचाओ इराक, सिरिया र ब्रसेल्समा हमला गर्ने व्यक्तिमध्येका एक भएको बताइएको छ भने अर्र्का ३२ वर्षीय लोपेज सिरिया पुग्नुअघि इराकको मोसुलमा रही आतंकवादी गतिविधीमा संलग्न रहेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस