सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएम कपः ५० ओभर पनि खेल्न सकेन सुदूरपश्चिमले, ५ खेलाडी रन आउट

२०७६ जेठ १३, १२:२४ खबर संवाददाता

प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगितामा शशस्त्र प्रहरी बलको एपीएफ क्लब सामु सुदूरपश्चिम प्रदेशको टोली सस्तैमा समेटिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दश्मलव १ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन मात्रै बनाउँन सक्यो। सुदूरपश्चिमका लोकेश बमले सर्वाधिक ३० रन बनाए भने विपिन रावलले २१, खडक बोहराले १९ र रोशन अधिकारीले १६ रन बनाए। 

सुदूरपश्चिमका खडक बोहरा, रोशन अधिकारी, शेर मल्ल, नरेन्द्र सावद र विनोद लामा रनआउट भएका थिए। सुदूरपश्चिमको टिम छनौटमै मनोमानी भएका कारण प्रदर्शन राम्रो नभएको पनि आरोप लागेको छ। खेलाडी छनौट गर्दा पहुँचको भरमा छनौट गरिएको आरोप लाग्दै आएको छ। 
 

कमेन्ट लोड गर्नुस