सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वडा कार्यालय अगाडी र बैतडीको राजमार्गमा शंकास्पद वस्तु फेला

२०७६ जेठ १३, १०:०९ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ। गोदावरी नगरपालिका वडा नम्वर ६ लालपुरमा शंकास्पद वस्तु फेला परेको हो। वडा नम्वर ६ को वडा कार्यालय अगाडी बोराले बेरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डागीले सो तर्फ ईलाका प्रहरी कार्यालय अत्तरियाको टोली गईरहेको जानकारी दिए। उनले सेनाको डिस्पोजल टिमलाई समेत जानकारी गराईएको बताए। 

यस्तै बैतडीको दोगडाकेदार गाउँपालिकामा पनि बिहानै शंकास्पद वस्तु फेला परेको छ। वडा नम्बर ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै राजमार्गमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। प्लाष्टिकको तार जोडिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको बैतडी प्रहरीले जनाएको छ। डिस्पोजलका लागि हनुमानध्वज गुल्मको सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस