विप्लवका कार्यकर्ताद्धारा सुर्खेतमा यात्रुवाहक बसमा आगजनी

पुर्वी सुर्खेतमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले एक यात्रुवाहक बसमा आगजनी गरेका छन। सोमबार बिहान गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई बिहान गोचेखोलामा आगजनी गरेका हुन्।
हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। रासस




