सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पनि विप्लव समूहको बन्द

२०७६ जेठ १३, ०७:१८ खबर संवाददाता

कार्यकर्ताको हत्या गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दको सुदूरपसश्चममा पनि प्रभाव देखिएको छ। बन्दका कारण प्रदेशको अस्थायी राजधानी धनगढी बजार बन्द छ भने शैक्षिक सस्था समेत खुल्न सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डागीले विहान पुर्वबाट आएका गाडीहरु स्कटीङमा ल्याईएपनि अहिले सार्वजनिक सवारी साधन पनि लगभग ठप्प रहेको बताए। 

गत मंगलबार भोजपुर र खोटाङको सिमनामा पर्ने मैयुममा पार्टीको युवा संगठनका तीर्थराज घिमिरेलाई दोहोर भिडन्तको नाममा हत्या भन्दै विरोध कार्यक्रम सञ्चालन गरिरहेको पार्टीले आज नेपाल बन्दको घोषणा गरेको थियो। यसअघि घटनाको विरोधमा जेठ १० र ११ गते देशका विभिन्न स्थानमा भण्डाफोर र कोणसभाको आयोजना गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस