सुदूर नेपाललाई विश्वसँग जोड्दै

निकुञ्जमा गैंडा र बाघ मृत भेटिए

२०८१ वैशाख २५, ०२:०३ खबर संवाददाता

चितवनः चितवन राष्ट्रिय निकुञ्जमा दुलर्भ एक सिंगे गैंडा र एक पाटे बाघ मृत भेटिएका छन्।

निकुञ्नका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कोर क्षेत्र भिमपुरमा बाघ र नवलपरासीको कावासोती–१५ स्थित मध्यवर्ती क्षेत्रमा गैंडा मृत भेटिएका हुन्। गैंडाको खाग, खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मृत्यु भएको हुन सक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले दावी गरे।

निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले भिमपुरमा मृत बाघ भेटेको उनले बताए। चालु आर्थिक बर्षमा २१ गैंडा र ६ बाघ मृत भेटिएका छन्।

कमेन्ट लोड गर्नुस