तोलामा चार सयले बढ्यो सुनको मूल्य
२०८३ जेठ १९, १२:१०
काठमाडौँ: स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि रु तीन लाख ११ हजार ३०० निर्धारण भएको छ।
यस्तै, सोमबार प्रतितोला रु पाँच हजार ३५५ मा क्रयविक्रय भएको चाँदी आजका लागि रु पाँच हजार ४०५ निर्धारण भएको छ।
कमेन्ट लोड गर्नुस