सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीतिको मारमा सुदूरको त्रिकेट, प्रधानमन्त्री कपकै छनौटमा मनोमानी

२०७६ जेठ ११, ०६:३७ नवराज पनेरु

काठमाडौमा जारी तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम टिम छनौटमा मनोमानी गरेको आरोप लागेको छ। मापदण्ड पुरा नगरि टिम छनौट गर्दा मनोमानी भएको आरोप लागेको हो। जिल्ला स्तरीय प्रतियोगिता नराखी प्रदेशको टिम छनौट गरिएको छ भने टिममा खेलाडीहरुको समेत राजनीतिक पहुँचका आधार छनौट गरिएको आरोप लागेको छ। ९ वटै जिल्लामा जिल्ला स्तरीय प्रतियोगिता भएपछि मात्रै प्रदेशको टिम छनौट गर्नुपर्नेमा सुदूरपश्चिम खेलकुद विकास समितिले भने जिल्ला खेलकुद विकास समितिलाई पत्र लेख्दै ईच्छुक खेलाडीको नाम पठाउन आग्ह गरेको थियो। जस्ले गर्दा जिल्ला खेलकुद विकास समितिले पनि आफ निटकका खेलाडीहरुलाई मात्रै छनौटका लागि पठाएको आरोप समेत लागेको थियो। 
छनौटका लागि आफ्नै खर्चमा ५३ जना खेलाडी आएकोमा एक दिनको व्याटिङ र बलिङ हेरेर मात्रै टिम छनौट गरिएको थियो। आज प्रतियोगिता खेल्न काठमाडौँ हिडेका अधिकासं खेलाडीहरुलाई आज विहान सम्म समेत आफु टिमको परेको विषयमा समेत जानकारी थिएन्। 

टिममा कैलालीका ७, कञ्चनपुरका ४ तथा बैतडी, अछाम र बाजुराका १÷१ गरि १४ जना छनौट गरिएको छ। बसन्त कार्की, विपिन रावल, महेश अधिकारी, खड्क बोहरा, शेर मल्ल, विकास आग्री, नरेन्द्र साउद र आकाश चन्द टिममा परेका छन्। यस्तै रोशन अधिकारी, विनोद लामा, लोकेश बम, नरेश बोहरा, हिमाल कुँवर र मिलन बोहरा पनि अन्तिम १४ मा परेका छन्। तर अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका नारायण जोशी, विजय राना लगायतका खेलाडीहरु भने टिममा परेका छैनन्। छनौटका लागि धनगढी पुगेका एक जना खेलाडीले सवै खेलाडीको खेल समेत नहेरीएको गुनासो गरे। क्रिकेट खेलाडी सुरेन्द्र चन्दले क्षेत्रीय विजेता बैतडीबाट एक जना मात्रै खेलाडी छनौट भएको आपत्ति जनाउँदै छटनौटमा मनोमानी भएको आरोप लगाएका छन्। 

यता सुदूरपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले भने छनौटका लागि तीन सदस्यीय टिम बनाएकाले सोही टिमले खेलाडीको छनौट गरेको बताए। उनले विकास समितिका सदस्य रोहित कुँवर, क्रिकेट प्रशिक्षकहरु ज्ञानेन्द्र क्षेत्री र विरेन्द्र शाहीलाई टिम छनौटको जिम्मेवारी दिईएको बताए। यता छनौट समितिका एक जना सदस्यले भने क्षेत्रीय खेलकुद विकास समितिका सदस्य तथा छनौट समितिका संयोजकले खेलाडी छनौटमा धेरै हस्तक्षेप गरेको बताए। सोही कारणले उत्कृष्ट टिम छनौट गर्न नसकिएको तर्क उनको छ। यता छनौट समितिका सदस्य कुँवरले भने खेलाडी छनौटको सबै जिम्मेवारी प्रशिक्षकहरुलाई दिईएको दावी गरे। उनले छनौटका लागि २५ हजार मात्रै बजेट विनियोजन गरिएकाले सबै जिल्लाबाट खेलाडी ल्याउन समेत नसकिएको बताए। केहि खेलाडी प्रतियोगिताका लागि योग्य भएपनि अनुशाति नदेखिएकाले टिममा नपरको बताए। उनले आठाँै राष्ट्रिय खेलकुदका आधारमा खेलाडी छनौट गरिएको पनि दावी गरे। तर आठाँैका ५ जना खेलाडी मात्रै टिममा परेका छन्। सुदूरपश्चिमको टिममा कुँवरले व्यवस्थापकको जिम्मेवारी पाएका छन् भने क्षेत्रीले प्रशिक्षकको जिम्मेवारी पाएका छन्। 
विदाई समेत भएन टिमको
अन्तिम समयमा आएर प्रधानमन्त्री कपका लागि टिम छनौट गरिएकोमा सुदूरपश्चिमको टिमलाई विदाई समेत नगरि काठमाडौँ पठाईएको छ। सार्वजनिक वसमा आज दिउसो काठमाडौँ हिडेका एक जना खेलाडीले व्यवस्थापन निकै फितलो हुँदा विदाई समेत नगरिएको बताए। टिममा प्रशिक्षक र खेलाडी भएपनि व्यवस्थापक भने भोली नेपालगञ्ज हुँदै हवाई यात्रामा काठमाडौँ जाने बुझिएको छ। सुदूरपश्चिमले १३ गते सशस्त्र प्रहरीसंग खेल खेल्नुपर्ने छ तर खेलाडीहरु भने भोली मात्रै काठमाडौँ पुग्ने देखिएको छ। 
राजनीतिको मारमा सुदूरको त्रिकेट
राष्ट्रिय टोलीमा विगतमा सुदूरपश्चिमका खेलाडीको वर्चश्व हुने गरेको थियो। यो क्षेत्रमा खेल गतिविधि नीजि क्षेत्रको प्रयासमा अत्याधिक बढेपनि सरकारी आयोजनाका प्रतियोगिता हुँदा राजनीतिको चेपुवामा खेलाडीहरु पर्दै आएका छन्। जस्ले गर्दा पछिल्ला केहि बर्षयता सुदूरपश्चिमको प्रदर्शन पनि कमजोर हुँदै गएको छ। यस्को प्रमुख कारण धेरैले खेलाडी छनौटमा हुने मनोमानीलाई लिएका छन्। केहि समय अगाडी मात्रै भएको मुख्यमन्त्री कप र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत खेलाडी छनौटमा मनोमानी भएको आरोप लागेको थियो। सोही कारण दुवै प्रतियोगितामा सुदूरपश्चिमले एक–एक खेल मात्रै जित्न सकेको थियो। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस