सुदूरपश्चिमेली नेपाली समाजद्धारा भारतको एक घरमा बन्दी बनाईएकी नेपाली युवतीको उद्दार

सुदूरपश्चिमेली नेपाली समाजले भारतको एक घरमा बन्दी बनाएर राखिएकी एक नेपाली युवतीको उद्दार गरेको छ। सुदूरपश्चिमेली नेपाली समाजले नयाँ दिल्लीको आन्नद बिहारको एक घरमा विगत तीन महिनादेखि बन्दी बनाएर राखिएको अवस्थामा धनुषाकी एक युवतीको उद्दार गरिएको जनाएको छ।
मालिकाले बन्दी बनाई चरम यातना दिएको भन्ने सूचनाका आधारमा आवश्यक प्रमणा जुटाएर सुदुरपश्चिमेली नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार सदस्य नागेन्द्र जोशीको पहलमा उनको उद्दार गरिएको हो। नेपाली राजदुतावास भारत र माइती नेपाल, जनसम्पर्क समिति भारतको सहयोगमा उनको उद्दार गरिएको सुदुरपश्चिमेली नेपाली समाज भारतका सह कोषाध्यक्ष भुवन प्रसाद भट्टले जानकारी दिए।




