कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
२०८१ वैशाख १९, ०८:२५
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका एक युवक पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहबाट कैलालीकोृ धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले १.२१ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस