सुदूर नेपाललाई विश्वसँग जोड्दै

खरिद गर्ने हो २ लाख २० हजारमै मिनी ट्याक्टर?

२०८१ वैशाख १६, ०१:३६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका किसानले अब २ लाख २० हजारमै मिनी ट्याक्टर किन्न पाउने भएका छन्। धनगढीको दिनेश मोटर्सले वास्टन कम्पनीको चार पाङ्ग्रे मिनी ट्याक्टर बजारमा ल्याएको हो। मिनी ट्याक्टर नेपालको सबै भूभागमा सफल परीक्षण पश्चात् बिक्रीका लागि बजारमा ल्याइएको दिनेश मोटर्सले जनाएको छ।

कम्पनीले मिनी ट्याक्टरको इन्जिन ४५६ सिसी अर्थात् १० हर्ष पावरको रहेको जनाएको छ। स्टेयरिङ सुविधा भएको ट्याक्टरमा सेल्फ स्टार्ट इन्जिन रहेको छ। कम्पनीले इन्जिनको वारेन्टी एक वर्षको रहेको जनाएको छ भने अगाडि तीन र पछाडि एक गियर रहेको बताएको छ। यस्तै, जोत्ने बेलामा लगाउन टिलिङ गियर र बाटोमा हिँड्दा वाकिङ गियरसमेत रहेको छ।

दिनेश मोटर्सका सञ्चालक राजिव हमालले एक लिटर डिजेलबाट ट्याक्टरले तीन कट्ठा खेत जोत्ने बताएका छन्। यसैगरी मिनी ट्याक्टरमा रिपर जोडेर धान गहुँ काट्न सकिने तथा ट्रली जोडेर एक हजार २ सय किलोग्राम ढुवानी गर्नसक्ने क्षमता रहेको छ।

कमेन्ट लोड गर्नुस