सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भिषण आगलागी, ७ घर जलेर नष्ट

२०७६ जेठ ११, १०:३० खबर संवाददाता

जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ मा ७ घर जलेर नष्ट भएका छन्। गयराती  नल पोल्नका लागि बालिएको आगो हावाले उडाएपछि घर जलेर नष्ट भएका हुन्। वडाध्यक्ष भक्तबहादुर बुढा सहित ईन्द्र बुढा, मीनबहादुर बुढा, न्यानु बुढा, धर्म बुढा जोगी बुढा, रूजा बुढा लगायतका घर जलेर नष्ट भएको हो। 

स्थानीय प्रेम बुढाले दिएको जानकारी अनुसार मीन बुढाको घरबाट सुरु भएको आगोले सात घर पुर्ण रुपमा जलेका छन् भने घरको गोठमा रहेका सबै पशु चौपाया जलेका छन्। मीनको घर नजिक बारीमा झारपात जलाउन बालेको आगो घरमा सल्किएको अनुमान स्थानीयले गरेका छन् । आगलागी शनिबार बिहान मात्र नियन्त्रणमा आएको छ। रातभर स्थानीय र प्रहरी आगो नियन्त्रणमा जुटेका थिए। 
 

कमेन्ट लोड गर्नुस