सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज बिहान झापामा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०८१ वैशाख १२, ०८:३७ खबर संवाददाता

झापाः झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। जिप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ। मृतकको सनाखत हुन बाँकी छ। 

कमेन्ट लोड गर्नुस