सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

२०८१ वैशाख ११, ०१:३९ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा टेलरले मोटरसाइकललाई ठक्कर दिंदा तीन जना घाइते भएका छन्।

गोदावरी नगरपालिका–३ चौकीडाँडामा टेलरले मोटरसाइकललाइ ठक्कर दिँदा तीन जना घाइते भएका हुन्। महेन्दनगरतर्फ गइरहेको म १ क ३९८ नम्बरको टेलरले सुदूरपश्चिम प्रदेश ०१ ग ०१२ प २५८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो।

दुर्घटनामा गौरीगंगा नगरपालिका–३ का ३३ वर्षीय मोटरसाइकल चालक दशरथ चौधरी, पछाडि सवार शुक्लाफाँटा नगरपालिका–१ का फूलमती चौधरी र तीन वर्षीय लोकेश चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घाइतेहरुको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए। उनका अनुसार घाइतेहरुलाई धनगढीको निसर्ग अस्पताल पठाउने तयारी भइरहेको छ। टेलर र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस