सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका तीन जना फरार दोषी पक्राउ

२०८१ वैशाख ११, ०७:४७ खबर संवाददाता

धनगढीः कैलालीका तीन जना फरार दोषी पक्राउ परेका छन्।

बिना ईजाजत वन पैदावार ओसार पसार मुद्दामा १२ महिना कैद सजाय र ४ हजार ९४८ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–११ बस्ने ३०वर्षीय सन्तरी राना, चोरी मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय पद्दुलाल चौधरी र वन सम्बन्धी मुद्दामा १ लाख ४५ हजार जरिवाना ठहर भएका भजनी नगरपालिका–८ बस्ने वर्षीय ३२ रमेश चौधरी रहेका छन्।

अदालतबाट दोषी ठहर तर फरार रहेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए। दोषी ठहर तीनैै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ।

कमेन्ट लोड गर्नुस