सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर आज सार्वजनिक बिदा

२०८१ वैशाख ११, ०६:१२ खबर संवाददाता

धनगढीः सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज (मंगलवार) नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिएको हो। 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो। पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन्। दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ।

उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आउने छन्। परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ। उनी बुधवर बेलुका नै कतार फर्कने छन्।

No description available.

कमेन्ट लोड गर्नुस