सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाबाट एक मोटरसाइकलसहित भन्सार छलीका सामान बरामद

२०८१ वैशाख १०, ०९:४६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाबाट भन्सार छलिका सामान बरामद गरिएको छ। गोदावरी नगरपालिका–३ बाट बेबारिसे अवस्थामा भन्सार छलिको सामान बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोली र अस्थाई प्रहरी पोष्ट चौकीडांडाबाट खटिएको प्रहरी टोलीले १ लाख ७२ हजार ८ सय मुल्य बराबरका अवैध समान बरामद गरेको हो।

बरामद गरिएका सामानमा कुर्ता, धोती, थानको कपडा, चप्पल, सेण्डिल, प्याज र मोटरसाइकल रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। बरामद गरिएको सामान कारबाहीको लागि भन्सार कार्यालय पठाईएको छ।
 

कमेन्ट लोड गर्नुस