राहुल गान्धीद्धारा काँग्रेसको अध्यक्ष पदबाट राजिनामा

भारतमा भएको लोकसभाको निर्वाचनमा राहुल गाँधी पराजित भए संगै उनले पदबाट राजिनामा दिएका छन्। भारत उत्तर प्रदेशको अमेठीबाट लोकसभा चुनाव २०१९ मा पराजीत हुने निश्चित भएसँगै उनले भारतीय काँग्रेसका पार्टी संरक्षक सोनिया गान्धी समक्ष बिहीबार राजीनामा पत्र बुझाएको भारतीय सञ्चार माध्यमले जनाएका छन।
भारतीय समाचार च्यानल आजतक र एवीपी न्यूजका अनुसार राजीनामा पत्र बुझाउनु अघि गान्धीले पत्रकार सम्मेलन गरी अमेठीमा आफूले हार ब्यहोरेको स्वीकार गरेका थिए। राहुल गान्धीको अध्यक्षतामा लडेको पहिलो लोकसभा चुनावमा कांग्रेसको स्थिति सुधारिनुको साँटो अध्यक्ष स्वयं नै लोकसभा चुनावमा पराजीत भएपछि उनले राजीनामा दिएको स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुन्।
उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका गान्धीले केरलामा चुनाव जितेका छन् भने अमेठीमा पूरा मतपरिणाम आउनु पूर्व नै स्वयं भाजपाकी नेतृ स्मृता इरानीसँग पराजीत भएको स्वीकार गरेका हुन्।




