सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा काठेपुलबाट दाजुभाइ खसेः भाइको मृत्यु, दाजुको उद्धार

२०७६ जेठ १०, ०७:४८ डीवि विष्ट

बझाङ– जिल्ल्को तल्कोट गाँउपालिका वडा नम्बर १ सुनिकोटका दुई जना सुनिगाडमा हालेको काठेपुलमा तर्ने क्रममा खस्दा एक जनाको मुत्यु भएको छ। स्थानीय नरेन्द्र बमका ६ वर्षीय छोरा पदम बमको मृत्यु भएको हो। मृतक पदम बम र उनका दाजु १२ वर्षीय विराज बम काफल खान जाने क्रममा खोला तर्न खोज्दा काठे पुलबाट खसेको स्थानीय बासिन्दाले बताएका छन्।

नरेन्द्र बमका जेठा छोरा विराजलाई खोला नजिकै रहेका उनका काका सुदन बमले छोप्न सफल भए पनि कान्छाको भने मुत्यु भएको सुदन बमले बताए। पदम बमको शव दुई किलोमिटर तल फेला पारेको प्रहरीले जनाएको छ। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस