सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट बोईलर कुखुरासहित एक लाख बढीका सामान बरामद

२०८१ वैशाख ७, ०७:२२ खबर संवाददाता

धनगढीः कैलालीबाट बोईलर कुखुरासहित एक लाख बढीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह, पुरानो भन्सार रोड नजिकबाट, धनगढी उपमहानगरपालिका–१२ जुगेडा र भजनी नगरपालिका–३ पकडीया डांडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख २९ हजार ४६० मूल्यको सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको प्याज, चिनी, पास्ता, डिने प्लेट, बिष्कुट, नरिवल, सलाई, खाने तेल, बोईलर कुखुरा लगायतका सामान बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस