सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘ह्रस्व–दीर्घ’ को पोस्टर सारर्वजनिक

२०८१ वैशाख ५, ०५:०६ खबर संवाददाता

काठमाडौंः नयाँ फिल्म ‘ह्रस्व–दीर्घ’ को पोस्टर सार्वजनिक गरीएको छ। अभिनेत्री नीता ढुंगानाले आफ्नो श्रीमान् तथा अभिनेता हरिहर अधिकारीको जन्मोत्सवको अवसर पारेर पोस्टर सार्वजनिक गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत अभिनेत्री ढुंगानाले अभिनेता अधिकारीलाई ‘ह्याप्पी बर्थडे हीरो’ भन्दै फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेकी हु्न्। पोस्टरमा अभिनेता अधिकारीका दुई भिन्न स्वरुप देख्न सकिन्छ। एउटा तस्विरमा उनलाई लामो कपालमा लेदरको ज्याकेट तथा चाँदीको सिक्रीमा देखिएको छ भने अर्को तस्विरमा उनको कपाल छोटो छ, निधारमा चन्दन लेपेका छन् भने पहिरनलाई पनि धार्मिक स्वरुप प्रदान गरिएको छ।

यो वर्षको दशैँको अवसर पारेर असोज ११ गते शुक्रवार (सेप्टेम्बर २७) देखि यो फिल्म प्रदर्शनमा आउने छ। केही अघि दक्षिण भारतीय कलाकार ब्रह्मानन्दमको जन्मदिनका अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको थियो।

अभिनेतृ नीता ढुङ्गानाद्वारा निर्माण गरिएको यो फिल्म उनी आफैँ प्रमुख भूमिकामा छिन्। चन्द्र पन्त निर्देशित यो फिल्ममा नेपाली तथा भारतीय कलाकारको संयुक्त अभिनय रहेको छ। फिल्मका अन्य कलाकारहरुमा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुइटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रवीन्द्र भासँगै भारतीय कलाकार ब्रह्मानन्दम तथा विजय रावतको समेत अभिनय रहेको छ। 
 

कमेन्ट लोड गर्नुस