सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग

। फोटो स्रोत ।
२०७६ जेठ ९, ०४:२४ खबर संवाददाता

प्रदेश ३ को नाम ताम्सालिङ राख्न प्रस्ताव दर्ता भएको छ।  बिहीबार सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो।

प्रस्ताव दर्तापछि सांसद ग्लानले पहिचान भेटिने र द्वन्द्व मेटिने हुनाले प्रदेशको नाम ताम्सालिङ राख्नुपर्ने भन्दै संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम ताम्सालिङ राख्नुपर्ने बताए। 

कमेन्ट लोड गर्नुस