सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद 

२०८१ वैशाख ५, ०९:३१ खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी-२ ट्राफिक चौराहबाट, बालुवाघाटबाट र गोदावरी-१ महेन्द्रनगर रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५८ हजार ५९० मूल्यको सामान बरामद गरिएको हो।

उक्त मूल्यको प्याज, गुट्खा, पास्ता, लेडिज कुर्ती, सुपारी, चकलेट लगायतका सामान मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस