सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम–रन्जितासँग एकीकरण नगर्ने नेसपाको निर्णय

२०८१ वैशाख ४, १२:२७ खबर संवाददाता

जनकपुरधामः नेपाल सद्भावना पार्टी (नेसपा)ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकीकरण नगर्ने निर्णय गरेको छ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले नाउपासँग एकीकरण नगर्ने निर्णय गरेको हो। नेसपा र नाउपाबीच २०८० साउन १४ मा एकीकरण गर्ने सहमति भएको थियो।

तर नाउपाले गरेको सहमति पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै एकता भंग गर्ने निर्णय गरेको नेसपाका केन्द्रीय अध्यक्ष रामकुमार महतोले बताए। उनले विज्ञप्ति जारी गरेर नागरिक उन्मुक्ति पार्टीभित्र श्रीमानरश्रीमतीका विवादका कारण देश र जनताका लागि पार्टी सञ्चालन नभइरहेको र व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ अग्रसर भएको टिप्पणी गरेका छन्।

कमेन्ट लोड गर्नुस