सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

२०८१ वैशाख १, ०८:५५ खबर संवाददाता

बैतडीः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलवारदेखि बन्द हुने भएको छ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ।

उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने जिल्ला अधिकारी शर्माले बताए। सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो।  सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस