भाटभटेनीमा आगलागी

काठमाडौँः काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ।
सुपर मार्केट भाटभटेनीम भएको आगलागीबाट एक करोड ७० लाखको क्षति भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। शुक्रवार साँझ मार्केटमा विद्युत सर्ट भई आगलागी भएको थियो।
आगलागीबाट जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बिसिटी १ थान, फ्रिज कम्प्रेशर १ थानलगायत जलेर करिब १ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

