कैलालीबाट एकलाख बढीको अवैध सामान बरामद
धनगढीः कैलालीका विभिन्न ठाउँबाट प्रहरीले अवैध सामान बरामद गरेको छ।
जिल्लाको गोदावरी नगरपालिका–५, धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, भजनीको हलौनाघाट र गोदावरी नगरपालिका–३ चौकिडाँडाबाट शनिवार भन्सार छलीको सामान बरामद गरिएको छ।
अन्दाजी १ लाख ४३ हजार एक सय ४४ रुपैयाँ बराबरको चिनी, प्याज, चप्पल, डाल्डा, ट्याक्टरको टायर, ट्युब, अचार लगायतका सामान बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बरामद गरिएको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।