सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एकैघरका तीन जनाको जलेर मृत्यु

सांकेतीक तस्विर
सांकेतीक तस्विर
२०७६ जेठ ९, १०:१३ खबर संवाददाता

बैतडी– जिल्लाको पुर्चौंडी नगरपालिकामा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ। नगरपालिकाका वडा नम्वर ७ बसपार्कमा टहरा बनाई बस्दै आएका करे लुहार, उनकी ४० वर्षीया श्रीमती बिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी भएको हुन सक्ने जिल्लका प्रहरी कार्यालय बैतडीले जनाएको छ। बसपार्क छेउमै रहेको टहरामा आगलागि भएपछि प्रहरी र स्थानीय पुगे पनि उनीहरुलाई जोगउन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस